काठमाडौँ, २५ साउन । नेकपा (एमाले)का नेता गोकुलप्रसाद बास्कोटाले एमालेको नीति एमालेकै नेतृत्व रहेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले एमाले एक्लो हुँदा पनि आफ्नै नीतिमा अडिग रहेको बताएका छन् । ‘एमाले एक्लो परेकोमा कसैलाई बहुत तोड परेछ । पिरले होइन खुसीले,’उनले लेखेका छन्, ‘बहुत राम्रो र स्पष्ट विष्लेषण । किनकी देशमा पार्टी भनेकै एमाले छ ।अरु त गठबन्धन भैहाले ।’
पूर्वमन्त्री बास्कोटाले एमाले बनाएको एमाले हुनकै लागि रहेको भन्दै अगाडि लेखेका छन्, ‘एमालेको नीति एमालेकै नेतृत्व । रुखको नेतृत्वमा भाइ कांग्रेस हुने वामपन्थीले समाजवादी स्याउ फलाउन सक्दैनन् ।’