प्रचण्डले भने– चितवन–३ बाटै चुनाव लड्छु

109

काठमाडौँ, २५ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने बताएका छन् ।

जापानमा रहेका उनले त्यहाँ नेपाली पत्रकारहरूसँगको कुराकानीमा विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै उम्मेदवादरी दिने बताएका हुन् ।

“मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु,” उनले भने, “बरू तपाईंहरू जापानमा रहने साथीभाइहरूले पनि सहयोग गर्नुहोला ।”

देशको केन्द्रबिन्दुमा रहेको र विकासको तीव्र गतिमा जाने सम्भावना भएकाले देशभरि सन्देश जाओस् भनेर चितवनलाई महत्व दिएको उनले बताए ।

प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दौडमा भने नरहेको स्पष्टीकरण दिए । राजनीतिक स्थिरता र विकासको वातावरण बनाउन आफ्नो भूमिका भए पुग्ने उनले बताए ।

“प्रधानमन्त्री बन्ने अफर मलाई धेरै आयो, २०७४ पछि आयो, म प्रधानमन्त्रीको रेसमा छैन भने मैले,” उनले भने, “अहिले पनि (प्रधानमन्त्रीको प्रस्ताव) छ तर म प्रधानमन्त्रीको रेसमा छैन ।

Share This:
सम्बन्धित खबर
Loading...