पहिरोले लघु विद्युत्‌को कुलो बगाउँदा ८६८ घरधुरी अन्धकारमा

141

खाँदबारी, २४ साउन । सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा पहिरोले लघु जलविद्युत् आयोजनाको कुलो बगाउँदा गाउँ नै अन्धकार भएको छ । सिलिचोङ–१ को सिसुवाखोला, वडा नम्बर २ को बाला र ३ को ताम्कुका आठ सय ६८ घरधुरीमा विद्युत् आपूर्ति ठप्प भएको छ ।

निरन्तर परेको अविरल वर्षाका कारण सिसुवाखोलामा आएको बाढीले विद्युत्‌गृहसम्म लैजाने कुलोको मुहानमा करिब ३० मिटर बगाएको विद्युत् उपभोक्ता समितिका अध्यक्ष खेमराज मेवाहाङले जानकारी दिए ।

पहिरोले ६० किलोवाट क्षमताको सिसुवाखोला लघु विद्युत्‌को प्रसारण ठप्प भएको उनले बताए । विद्युत् अपूर्ति ठप्प भएपछि त्यस क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको छ । विद्युत् ठप्प भएपछि राइस मिल बन्द भएका छन् ।

 

May be an image of 6 people and text

Share This:
सम्बन्धित खबर
Loading...