निर्वाचन २०७९ : निर्वाचन आयोगमा एमाले १०औँ पार्टीको रूपमा दर्ता

73

काठमाडौँ, २४ साउन । नेकपा (एमाले)ले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । यससँगै आयोगमा दर्ता भएका राजनीतिक दलको संख्या १० पुगेको छ ।

एमाले महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमालसहित नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित चिठ्ठी बुझाएपछि आयोगले १०औँ दलका रूपमा एमालेको दर्ता गरेको हो ।

आयोगमा सबैभन्दा पहिले सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ । त्यसपछि क्रमशः मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी आयोगमा दर्ता भइसकेका छन् ।

आयोगले आउँदो निर्वाचनका लागि आइतबारदेखि दल दर्ता सुरू गरिसकेको छ । आयोगले यही साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...