पाँच वटा गाडी एक आपसमा ठोक्किँदा १५ जना विद्यार्थी घाइते

90

हेटौँडा, २३ साउन । मकवानपुरको हेटौँडामा पाँच वटा सवारी साधन ठोक्किएका छन् । सोमबार बिहान करिब ९ बजे हेटौँडा उपमहानगरपालिका–५ रातोमाटेस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिए ।

राजमार्गमा स्कुल बस, ट्रक, ट्यांकर, कार र लरी दुर्घटनामा परेको हो । दुर्घटना हुँदा विद्यार्थीसहित १५ जना घाइते भएका छन् । उनीहरूको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको डीएसपी कार्कीले बताए ।

डीएसपी कार्कीका अनुसार सुरूमा ना१क ५१२३ नम्बरको रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना५ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । फेरि सोही ट्रकले गएर लु१क ७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो । त्यस ट्यांकरले बा७च ९६०४ नम्बरको कारलाई ठक्कर दिएको थियो । यस्तै, सोही ट्रकले फेरि गएर सडकमा रोकिराखेको प्रदेश २–०३–००१ख २५०६ नम्बरको लरीलाई ठक्कर दिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले राजमार्ग पनि खुलाइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...