संसद्‌मा एमालेले भन्यो– तिब्बत, हङकङ र ताइवान चिनियाँ भूमि हुन्

105

काठमाडौँ, २२ साउन । प्रमुख पतिपक्ष नेकपा (एमाले)ले पछिल्लो समय ताइवानमा भइरहेको अमेरिकी सक्रियतालाई लिएर सरकारले बोल्नु आवश्यक रहेको बताएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेकपा (एमाले)का उपमहासचिव एवम् सांसद् प्रदीप ज्ञवालीले ताइवान मामिलाबारे सरकारले प्रष्ट एक चीन नीतिको पक्षमा उभिनु पर्ने बताए ।

एमालेले चीनको भूमि नभिएको ताइवानमा पछिल्लो समय भएको अमेरिकाको हस्तक्षेपलाई गम्भीर घटना भन्दै सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उल्लेख गरे ।

‘ताइवानमा जे जस्तो गम्भीर घटना भएको छ । त्यसबारे नेपाल सरकार बोल्नु आवश्यक छ,’ उनले भने, ‘हामी सरकारलाई एक चीन नीतिप्रति दृढतापूर्वक उभिन आग्रह गर्छौँ । विश्वशक्ति लहैलहैमा नेपाल जान सक्दैन ।’

एमालेले नेपालसँग जोडिएको तिब्बत, हङकङ र ताइवान चीनका अभिन्न अंग भएको पनि संसद्‌मा प्रष्ट पारेको छ ।

‘तिब्बत, हङकङ र ताइवान चीनका अभिन्न अंग हुन्,’ उनले भने, ‘सरकारले यसबारे बोल्नु जरूरी छ ।’

Share This:
सम्बन्धित खबर
Loading...