बुटवल, २० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि बुटवल आउँदै छन् । उनी पार्टीको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्न भोलि तिलोत्तमा नगरपालिका–३ शान्तिचोकमा रहेको द दरबार लन होटलमा आउने छन् ।
पार्टीको देशव्यापी संगठन विस्तार, भेला र सम्मेलनलाई सम्बोधन गर्न लामिछानेसहितको पार्टी नेतृत्व पश्चिम नेपालको कार्यक्रम सकेर बुटवल आउन लागेका हुन् ।
शनिबार आयोजना गरिने कार्यक्रमका लागि पर्चा, पम्पलेट, ब्यानर तथा अन्य प्रचारप्रसारको सबै काम सकिएको नेतृ ज्वाला संग्रौलाले जानकारी दिइन् । सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत विभिन्न जिल्लामा उत्साहजनक सहभागितासहित पार्टीको कार्यक्रम सकिएको पार्टीले जनाएको छ ।