काभ्रेस्थली घटना : फेला पर्‍यो सुसाइड नोट

117

काठमाडौँ, १६ साउन । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा चार जना मृत अवस्थामा फेला परेको घटनामा सुसाइड नोट फेला परेको छ ।

सोमबार बिहान तारकेश्वर–२ पदमशालमा एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका छन् । गोरखा भिमसेनथापा गाउँपालिका–६ अश्राङ स्थायी घर भइ अहिले पदमशालमा एक तले घर बनाएर बस्दै आएकाहरु मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरी स्रोतका अनुसार घटनास्थलबाट चार पेज लामो सुसाइड नोट फेला परेको छ । दिनेश पाण्डेले पत्नी र दुई छोराछोरीको चक्कुले हानेर ज्यान लिएपछि आफू झुन्डिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनी झुन्डिएको कोठाबाट ४ पेज लामो सुसाइड नोट भेटिएको महानगरीय प्रहरी परिसरका एक अधिकारीले बताए ।

ती अधिकारीका अनुसार अहिले सुसाइड नोट अध्ययन भइरहेको छ । घटनास्थलमा पुगेको महानगरीय प्रहरी परिसरको टोलीले घरभित्र अनसन्धानका क्रममा घरमूली दिनेशले खाटमा सुतेका दुवै छोराछोरी र श्रीमतीमाथि चक्कु हानेका थिए ।

तीनैजनाको चक्कुले हानेर ज्यान लिएपछि उनले अर्को कोठामा गएर झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

मृत फेला पर्नेमा ३८ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३४ वर्षीय सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय पाण्डे मृत फेला परेका छन् ।

बच्चालाई स्कुल बस लिन आएपछि घटनाबारे थाहा भएको हो । आशिका छाउनीस्थित सैनिक स्कुलमा पढ्थिन् । सोमबार बिहान स्कुल बस लिन आउँदा पनि उनी स्कुल बसमा चढ्न आइनन् । घर नजिकै बस्ने दिनेशका दाइले हेर्न जाँदा उनीहरु मृत फेला परेको मेयर कृष्णहरि महर्जनले बताए ।

घटनाबारे अनुसन्धान गर्न फरेन्सिक डाक्टरको पनि टोली पुगेको छ ।

याे पनि हेर्नुस्

काठमाडौँमा एकै परिवारका ४ जना मृत फेला, हत्याको आशंका

Share This:
सम्बन्धित खबर
Loading...