धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड

542

धरान, १६ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड भएको छ । धरानको बराह सहकारीबाट पीडित आन्दोलनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै उनको कार्यकक्षमा तोडफोड गरेका हुन् ।

पीडितहरुले आफ्नो माग राख्दा मेयर साम्पाङले कुरा सुन्न छाडेर ‘मलाई सोधेर पैसा राख्न दिएको हो ?’ भनेपछि प्रदर्शनकारीहरुले उनको कार्यकक्षमा तोडफोड गरेका हुन् ।

आइतबार अपरान्ह ४ बजे झन्डै तीन सयको हाराहारीमा आएका प्रदर्शकारीले ‘हर्क साम्पाङ मुर्दावाद’ भन्दै नाराबाजी गर्नुका साथै मेयरको कार्यकक्ष तोडफोड गरेका थिए ।

बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुःख दिइएको भन्दै बराह सहकारीका निक्षेपकर्ताहरुले आन्दोलन गर्दै आएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...