गीतकार कुमार मिश्रको ‘कसम’ सार्वजनिक [भिडिओ]

298

काठमाडौँ, १६ साउन । मोडल कमल सिंह र ललना चिमरियाबीचको अनस्क्रिन प्रेम र रोमान्सले भरिपूर्ण ‘कसम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोको सम्पूर्ण छायाँकन गौतम बुद्ध जन्मस्थल लुम्बिनी भित्र गरिएको हो ।

यस गीतमा स्वर सा रे गा मा प बंगालका उपविजेता गायक साइराज खातीको रहेको छ । रोमान्टिक भर्सनको यस गीतमा शब्द कुमार मिश्रको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन् ।

बुद्ध थापाले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो । भिडियो ‘केके अक्टेभ’ नामक युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...