काठमाडौँ विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण : शिक्षामन्त्री पौडेल

84

काठमाडौँ, १५ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौँ विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विश्वविद्यालयको ९३औँ सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले काठमाडौँ विश्वविद्यालयले उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका हुन्।

‘काठमाडौँ विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण छ,’ उनले भने, ‘विज्ञान तथा प्रविधिका क्षेत्रमा उच्च तथा गुणस्तरीय शिक्षा प्रदान गर्न यस विश्वविद्यालयले सरहाननीय कार्य गरेर देखाइरहेको सबैसामु छर्लंग छ ।’

विश्वविद्यालयले मुलुकलाई चाहिने गुणस्तरीय शिक्षाका साथै नैसर्गिक निष्ठा र नैतिक आचरणले भरिपूर्ण शिक्षित जमातको निर्माणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । उनले शिक्षालाई सीपसँग, सीपलाई उत्पादन र रोजगारसँग जोड्दै सक्षम, दक्ष र राष्ट्र निर्माणमा चाहिने आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सभामा उनले विद्यार्थीलाई नेपालमै आवश्यक विषय अध्ययन गर्ने वातावरण र आकर्षक केन्द्र बनाए मात्र विदेश जानेहरुलाई कम गर्न सकिने औँल्याए ।

Share This:
सम्बन्धित खबर
Loading...