काठमाडौँ, १३ साउन । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे सरकारका निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले संसद्मा जबाफ दिने भएका छन् ।
यसअघि साउन ५ गते बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका थिए ।
मन्त्रिपरिषद् बैठकले एसपीपी सम्झौता लागु नगर्ने निर्णय गरेको लामो समय भए पनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार गरेको छैन ।
सभामुख सापकोटाले सांसद्हरुले एसपीपीबारे उठाएका विषयमा आफ्नो ध्यानाकर्ष भएको बताएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद् डा.भीम रावलले पनि एसपीपीबारे सदनलाई जानकारी गराउन सरकारलाई सभामुखले रुलिङ गर्नुपर्ने माग राखेका थिए ।