जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

134

काठमाडौँ, १२ साउन । नेपाल प्रहरीले काठमाडौँ र बझाङमा जुवातास खेलिरहेको अवस्था १६ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौँ महानगरपालिका–१६ मनाङगेटस्थित दीप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा गोरखा धार्चे गाउँपालिका–७ घर भइ हाल काठमाडौँ महानगरपालिका–१६ नयाँबजार बस्ने २७ वर्षीय वीरबहादुर गुरुङसहित ५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट नगद ३० हजार ८ सय ४० रूपैयाँ र ३ बुक तास फेला पारेका छ ।

यस्तै, बझाङ जयपृथ्वी नगरपालिका–९ सिमखेत बस्ने बिष्णु मण्डेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५८ वर्षीय दिपक खड्कासहित ११ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९१ हजार ५ सय ७५ रूपैयाँसमेत फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...