काठमाडौँ, ११ साउन । गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन् ।
श्रेष्ठ निवास हात्तीवनमा बुधबार बिहान भएको भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको थियो ।
‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी भयो,’ गृहमन्त्री खाणले भने ।
राष्ट्रियसभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार निर्णयार्थ प्रस्तुत हुँदै छ । यहीबीच राष्ट्रियसभाका सदस्य श्रेष्ठसँग गृहमन्त्री खाणले भेट गरेका हुन् ।