दम्पती हत्या प्रकरण : भाइबुहारीको हत्या गर्न दाइले नै दिए सुपारी !

265

बाँके, १० साउन । बाँकेको कोहलपुर नगरपालिका–१४ ओढारपुरका गडरिया दम्पतीको हत्या भएको पुष्टि भएको छ ।

इलाका प्रहरी कार्यालय, कोहलपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियाको हत्या दाइ र भाउजूको मिलेमतोमा भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार कृष्णका दाइ विजय र भाउजूू रेखाले भारतबाट दुईजना कन्ट्रयाक किलर (हत्यारा)लाई बोलाएर कृष्ण र अञ्जलीको हत्या गरिएको हो । कृष्ण र अञ्जलीको हत्या गर्न भारतबाट दुई जनालाई ५०÷५० हजार दिएर बोलाइएको थियो । गएराति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको प्रहरीले जनाएको छ ।

भाइ र बुहारीको हत्या गर्न विजयले दुई जना भारतीयलाई केही दिनअघि कृष्ण र अञ्जली सुत्ने ठाउँ, जाने बाटो, ढोकालगायतको भिडियो बनाएर दिएका थिए । दुई जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको दाबी छ ।

घटनास्थलमा गोलीको खोकासमेत फेला परेको छ । दुवै दाइ र भाउजूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेमा आफ्नै घरमा दम्पती मृत फेला, हत्याको आशंका

Share This:
सम्बन्धित खबर
Loading...