एउटै रुखमा तीनजना किशोरी झुन्डिएको अवस्थामा फेला

60

काठमाडौँ, ८ साउन । झापामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला गरेको छ ।

झापाको कचनकवल गाउँपालिकास्थित बल्लेगाउँमा रहेको सुनकोसी चिया बगानमा रहेको बयरको रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

कचनकवल–५ पाठामारीमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया शर्मिला गणेश झुन्डिएको अवस्थामा भेटिएको वडाध्यक्ष मोहमद नुर आलमले बताए । उनीहरु छुट्टाछुट्टै परिवारका हुन् ।

चिया बगानका तीनैजना मजदुर उनीहरु शनिबारदेखि बेपत्ता थिए । अन्य कामदारले आज बिहान झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रवक्ता वसन्त पाठकले मृत भेटिएकाहरुको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा आत्महत्या गरेको हुनसक्ने बताएको छ । तर, यसको यकिन पुष्टि भने भइसकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...