चुनावमा आफूले टिकट पाए ठिक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति देखियो : शंकर पोखरेल

251

सुर्खेत, ८ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरु एकजुट हुन नसकेको बताएका छन् ।

सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निरन्तरता एमाले भएको खाबी गरे । ‘चुनावमा आफूले टिकट पाए ठिक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति सबैतिर देखियो, टिकट नपाए पनि जिताउँछु भन्नुपर्नेमा उल्टै असहयोग गरेको पाइयो,’ उनले भने, ‘आफूले टिकट नपाउँदा घरमै बसिदिने, प्रचार–प्रसारमा नजाने र उम्मेदवारलाई हराउन लाग्ने जस्ता प्रवृत्ति चुनावमा देखियो, यस्तो प्रवृत्ति कम्युनिस्ट आचरणभित्र पर्दैन ।’

महासचिव पोखरेलले स्थानीय तहको निर्वाचन २०७९ बाट एकल मतका हिसावले एमाले नै पहिलो रहेको दाबी गरे ।

‘पहिलो स्थानीय तहको निर्वाचनबाट भन्दा पनि अहिले पाँच दलीय गठबन्धनसँग चुनाव लड्दा आन्तरिक मत बढेर आएको छ, यो हाम्रो गौरवको कुरा हो,’ उनले भने, ‘गठबन्धनको सहारामा कुनै पार्टी पहिलो भए पनि यसमा पार्टीको मतका हिसावले नेकपा एमाले नै पहिलो पार्टी बनेको छ ।’

उनले स्थानीय तह निर्वाचन २०७९ मा प्रहरी प्रशासनको दुरुपयोग गरिएको आरोप लगाए । आम निर्वाचनमा यसरी प्रहरी प्रशासनको दुरुपयोग अब हुन नहुने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...