ट्याक्टर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाख

262

खाँदबारी, ७ साउन । सङ्खुवासभाको चैनपुर नगरपालिकाले ट्याक्टर दुर्घटनामा परी मृत्यु भएका मलामीका परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।

मलामी पुगेर फर्कंदै गरेको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएका तीन जनाको परिवारलाई जनही एक लाख दिने निर्णय गरेको हो । नगरपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख कृष्णकुमार तामाङले जानकारी दिए ।

गत असार २४ गते मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारीको मृत्यु भएको थियो भने ट्याक्टर दुर्घटनामा परेर ४२ जना मलामी घाइते भएका थिए ।

यस्तै, बैठकले घाइतेमध्ये तीन जनालाई उपचार खर्चसमेत उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख तामाङले बताए । गम्भीर घाइते चैनपुर–१० का दीपेश कटुवाल, चित्रबहादुर तामाङ र नरबहादुर कार्कीको सम्पूर्ण उपचार खर्च बेर्होने निर्णय भएको नगरप्रमुख तामाङले बताए ।

४४ जना मलामी बोकेर फर्किँदै गरेको को२त ३९६१ ट्याक्टर खाँदबारी–लेगुवा सडक खण्डको दुम्कटामा दुर्घटनामा परेको थियो ।

याे पनि हेर्नुस्

चैनपुर ट्याक्टर दुर्घटना स् मृतकको संख्या तीन पुग्यो [अपडेट]

चैनपुर ट्याक्टर दुर्घटना : घाइतेको सङ्ख्या ४२ पुग्यो [अपडेट]

 

Share This:
सम्बन्धित खबर
Loading...