मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि

133

पोखरा, ४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सचिवालय श्रोतका अनुसार उनलाई मंगलबार पिसिआर परीक्षण गरेकोमा कोरोना पुष्टि भएको हो ।

पोखरेल आइतबारदेखि नै अस्वस्थ थिए । रुघा र ज्वरोसमेत आएपछि उनको पिसिआर परीक्षण गराइएको हो । उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए ।

उनलाई अहिले पनि ज्वरो आइरहेको छ । अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । उनी सरकारी निवासमै आराम गरिरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...