काठमाडौँ, ३ साउन । कार निर्माता कम्पनी हुन्डाईले टेस्ट ड्राइभ क्याम्पेन सुरु गरेको छ । कम्पनीले फुटबल विश्वकप–२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत नयाँ अफर ल्याएको हो ।
अफरअन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट ड्राइभ गरी फिफा विश्वकप–२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउने छन् ।
आजदेखि सुरु भएको यो अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रेजिस्टर गरी सहभागी हुन सक्ने छन् । यो अफरको अन्त्यमा लक्की ड्रमार्फत् दुईजना भाग्यशाली विजेताहरूको छनोट गरिने छ । प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गइ विश्वकप लाइभ हेर्न पाउने छन् । यसरी जम्मा चारजना हुन्डाईको स्पन्सरसीपमा कतार जान पाउने छन् ।
हस्पिटालिटी प्रोग्राममार्फत् ल्याइएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले संयोजन गरेको छ ।
अफरमार्फत् कम्पनीले ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत पर्यावरण दिगोपनका लागि हुन्डाईले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको छ ।
कम्पनीले भनेको छ, ‘साथै फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबलमार्फत् पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने हेतुले पनि यो अफर ल्याइएको हो।’
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरका १७ डिलर र १९ सर्भिस सेन्टरमार्फत् आफ्नो सेवा दिइरहेको छ । इच्छुकले हुन्डाई शोरुममा गई यो अफरमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।