दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भेटघाट

97

काठमाडौँ, ३२ असार । शुक्रबार दिल्ली पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र कांग्रेस नेतृ आरजु देउवाबीच भेटघाट भएको छ ।

‘उपचारका लागि’ केही दिनअघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिबार बिहान पुनः भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थिति रहेको थियो ।

शुक्रबार साँझ दूतावासमा आयोजना भएको रात्रि भोजमा पनि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो ।

प्रचण्डले आजै भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दै छन् ।

Share This:
सम्बन्धित खबर
Loading...