काठमाडौँ, ३० असार । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा छानबिन गर्न गठित संसदीय विशेष समितिमा नेपाली कांग्रेसका सदस्य हेरफेर भएका छन् ।
समितिमा रहेकी पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएर कांग्रेसले उनको ठाउँमा अर्का सांसद् मानबहादुर विश्वकर्मालाई उठाएको हो । जसलाई बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले स्वीकार गरेको छ ।
२२ असारमा गठित समितिमा सांसद्हरु खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, देव गुरुङ, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, लक्ष्मणलाल कर्ण र सुरेन्द्र यादव रहेका छन् ।
याे पनि हेर्नुस्
अर्थमन्त्री प्रकरण : छानबिन समितिद्वारा अर्थ मन्त्रालयको निरीक्षण
अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित विशेष समितिमा को–को ? (सूचीसहित)