उपसभामुखका लागि आज मनोनयन दर्ता

114

काठमाडौँ, ३० असार । प्रतिनिधिसभाले उपसभामुख पाउने भएको छ । रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ ।

उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुने छ ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ ०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन ।

संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ ।

Share This:
सम्बन्धित खबर
Loading...