घनश्याम भुसालले भने– सार्वजनिक पदमा रहेका व्यक्ति एमालेका विभागमा रहँदैनन्

88

काठमाडौँ, २९ असार । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफू प्रमुख रहेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर नरहेको स्पष्टीकरण दिएका छन् ।

उनले यसबारे धेरै जनाले चासो राखिरहेको बताउँदै आफू नेतृत्वको विभागमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु नरहने पनि बताएका छन् ।

भुसाल प्रमुख रहेको उक्त विभागमा एम अधिकारी, खोटाङ सदस्य छन् । ती व्यक्ति गभर्नर महाप्रसाद अधिकारी हो वा होइन भन्ने प्रश्नको जबाफमा भुसालले लेखेका छन्, ‘स्वयम् गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको स्पष्ट पारिसक्नुभएको छ।’

भुसालले थप प्रष्टीकरण दिँदै लेखेका छन्, ‘हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहान्छु ।’

Share This:
सम्बन्धित खबर
Loading...