गगन थापाको व्यङ्ग्य– मैले मिस्टर एम अधिकारीलाई भनेको होइन !

288

काठमाडौँ, २९ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले)का अर्थ योजना विभाग सदस्य त होइन भन्दै व्यङ्ग्य गरेका छन् ।

बुधबार संसद् बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘मैले यो नेपाल कम्युनिस्ट पार्टी एमालेको अर्थ योजना विभागमा एम अधिकारीलाई मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु ।’

एमालेको अन्तर पार्टी निर्देशन (अपनी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ । यही विषयलाई इंगित गर्दै थापाले व्यङ्ग्य गरेका हुन् ।

यो व्यङ्ग्य गर्नु पहिले थापाले चलायमान मौद्रिक नीति ल्याउन आकाशिदो मूल्य वृद्धि, विदेशी मुद्रा सञ्चिति, खस्कदो सेयर बजार, केही व्यापारी घरानाको कब्जामा रहेको अर्थतन्त्रजस्ता चुनौतीहरु सम्बोधन गर्न सुझाव दिएका थिए ।

‘तरलताको अभाव, चुलिँदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति आकाशिदो मूल्यवृद्धि र मागमा संकुचन यी चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याइनुपर्छ,’ उनले भने, ‘परियोजनामा आधारित कर्जा, बैंकङ प्रणाली बाहिर रहेको पैसालाई सिस्टममा ल्याउने कुरा र केही घरानाहरुको कब्जामा रहेको इकोनोमीलाई बाहिर ल्याउने आँट मौद्रिक नीतिले गर्नुपर्छ ।’

उनले सेयर बजारमा राष्ट्र बैंकले ल्याएको नीतिबाट अपेक्षा गरे अनुरुप परिणाम नआएको भन्दै सच्याउनुपर्ने माग गरे ।

‘सेयर बजारमा सुधार भनेर ४–१२ को नीति ल्याइयो, यसले ठुलालाई पोस्ने र सानालाई कस्ने काम भयो । राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा अनुरुप परिणाम नआएपछि यसलाई सच्चाइनुपर्छ, यसलाई सच्याइएन, हटाइएन या बन्द गरिएन भने लाखौँ सेयरमा लगानी गरेका साना लगानीकर्ता सडकमा आउँछन् ।’

Share This:
सम्बन्धित खबर
Loading...