श्रीमान्‌बाटै चरित्रहत्या…

104

काठमाडौँ, २९ असार । श्रीमतीको तस्बिर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा ओमनमा रहेकी श्रीमतीको नक्कली फेसबुक बनाइ फोटोसहित अस्लिल क्याप्सन सार्वजनिक गरी चरित्रहत्या गर्ने रुपन्देहीको सैनामैना नगरपालिका बस्ने ३६ वर्षीय जीवन दमाईलाई पक्राउ गरिएको हो ।

प्रहरीको साइबर ब्युरोले एक सूचना जारी गरी अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान जारी रहेको जनाएको छ । यस्तै, ब्युरोले सामाजिक सञ्जालमा ४ नाबालिकाको तस्बिर प्रयोग गरी नक्कली फेसबुक खोलेर अस्लिल शब्द प्रयोग गरी पीडितको आफन्त तथा साथीभाइलाई पठाएर चरित्र हत्या गर्ने अर्का व्यक्ति पनि पक्राउ गरेको जाएको छ ।

यसरी चरित्रहत्या गर्नेमा सिन्धुलीको रातोगुराँसे घर भइ काठमाडौँको कीर्तिपुर बस्ने विकास भन्ने राजेश विक रहेका छन् ।

दुवैमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए । ्

Share This:
सम्बन्धित खबर
Loading...