दोस्रो ‘नेपाल ब्युटिसियन एन्ड फेसन अवार्ड–२०७९’ का लागि आवेदन फारम खुला

145

काठमाडौँ, २८ असार । क्रिएटिभ इन्साइट मिडिया प्रालि र रोज सीप विकास तालिम केन्द्रको संयुक्त प्रस्तुतिमा विगत १ वर्षदेखि हुँदै आएको नेपालमा पहिलो पटक सौन्दर्यकर्मी, फेसन मोडल तथा फेसन डिजाइनरहरुका लागि ‘दोस्रो नेपाल ब्युटिसियन एन्ड फेसन अवार्ड, २०७९’ यस वर्ष पनि हुने भएको छ ।

सुन्दरताको क्षेत्रमा योगदान पुर्‍याएका पार्लर, ब्युटी ट्रेनिङ सेन्टर, सौन्दर्य व्यवसायसँग आबद्ध सम्पूर्ण विधा (मेकअप, हेयर, नेल, फेसियललगायत अन्य विधा, कस्टमेटिक प्रोडक्ट, कस्टमेटिक कम्पनी, फेसन मोडल र फेसन बुटिक)लाई समेट्दै अवार्ड गर्न लागिएको रोज सीप विकास तालिम केन्द्रको अध्यक्ष वरिष्ठ सौन्दर्यविद सोनी कारञ्जितले जानकारी गराइन् ।

सौन्दर्यकला क्षेत्र अहिले हरेक व्यक्तिको लागि अपरिहार्य भैसकेको हुँदा नेपाली सौन्दर्यकला व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन तथा सौन्दर्यकर्मीहरुको पेशालाई सम्मान गर्दै उनीहरुको काम र व्यक्तित्वलाई निखार्दै नेपालमा बढदै गइरहेको सौन्दर्यकलाप्रतिको लगावलाई व्यवस्थित गर्ने र पार्लर व्यवसायहरुलाई छुट्टै उचाइमा पुर्‍याउन र ब्युटिसियन अवार्डको महत्वलाई अझ फराकिलो बनाउँदै सम्पूर्ण सौन्दर्यकर्मीहरुको मनोबललाई उच्च बनाइ पार्लर तथा कस्टमेटिक व्यवसायलाइ उद्योगको रुपमा स्थापना गर्ने हेतुले यस अवार्ड आयोजना गर्न सुरु गरिएको हो ।

अवार्डमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्‍याएका सौन्दर्यविद, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान गरिने छ भने सौन्दर्यकला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

‘दोस्रो नेपाल ब्युटिसियन एन्ड फेसन अवार्ड, २०७९’ का लागि आवेदन फारम भर्न चाहने इच्छुक सौन्दर्यकर्मी, पार्लर, कस्टमेटिक व्यवसायी, फेसन मोडल तथा फेसन तथा बुटिक व्यवसायीहरुले काठमाडौँको रविभवनमा रहेको रोज सीप विकाश तालिम केन्द्रको कार्यालयमा फारम भर्न सकिने छ।

Share This:
सम्बन्धित खबर
Loading...