समाचार सम्प्रेषण गर्दा सत्य र तथ्यमा आधारित रहनु नै पत्रकारिताको धर्म हो : प्रदेश प्रमुख खापुङ

157

विराटनगर, २८ असार । प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले समाचार सम्प्रेषण गर्दा सत्य र तथ्यमा आधारित रहनु नै पत्रकारिताको धर्म भएको बताएका छन् ।

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको ११औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख खापुङले सत्य र तथ्य भएमा पत्रकारिता समाजको रुपान्तरण हुने बताए ।

प्रमुख खापुङले मुलुक र समाजलाई अगाडि बढाउन पत्रकारको ठुलो भूमिका हुने बताए । उनले लोकतन्त्रलाई संस्थागत गराउन एवम् समाजमा रहेको कुरीति हटाउन र रुपान्तरण गर्न सञ्चारकर्मीले आफ्नो क्षेत्रबाट क्रियाशील भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रदेश प्रमुख खापुङले बेरोजगाी समस्या समाधान र महँगी नियन्त्रणमा सञ्चारकर्मीले कलम चलाउनुपर्ने विचार राखे ।

सञ्चारकर्मी सञ्चार सहकारी पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत भएका छन् । तोरेन्द्र–इन्दिरा प्रधान प्रेस सम्मानबाट ओमप्रकाश गोयल, आर्थिक पत्रकारिताबाट मोहन मानन्धर, मेम्बर चन्द्रलाल–दुर्गादेवी सञ्चार श्रमजीवीबाट बाबुराम भण्डारी र मीना श्रेष्ठ, श्रमजीवी महिला पत्रकारिताबाट उषा सरदारलाई पुरस्कृत गरिएको छ ।

प्रेस सम्मानबाट वरिष्ठ पत्रकार दाहाललाई नगद ५० हजार, आर्थिक पत्रकारिताबाट मानन्धरलाई ५० हजार, श्रमजीवी पत्रकारबाट भण्डारी र श्रेष्ठलाई २१ हजार तथा श्रमजीवी महिला पत्रकारिताबाट सरदारलाई १० हजार एवम् सम्मानपत्र प्रदान गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...