करेन्ट लागेर चैनपुरमा एक जनाको मृत्यु

135

खाँदबारी, २६ असार । सङ्खुवासभाको चैनपुर नगरपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो साढे ४ बजे चैनपुर–६ स्थित बरुण हाइड्रोपावरको ३३ केभी प्रसारण लाइन मर्मत गर्ने क्रममा उक्त हाइड्रोपावर प्लान अपरेटर राप्ती गाउँपालिका–३ दाङका २५ वर्षीय दिपक न्यौपाने भएका थिए ।

घाइते भएका न्यौपानेलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...