मेयर साम्पाङको नेतृत्वमा विजयपुरको पञ्चकन्यामा वृक्षारोपण

625

धरान, २५ असार । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)सहितको टोलीले आज धरान–१४ विजयपुरको पञ्चकन्या क्षेत्रमा बृहत् वृक्षारोषण गरेको छ ।

धरान–१४ विजयपुरको पञ्चकन्या जंगल क्षेत्रमा रहेको पञ्चकन्या मन्दिर आसपासको क्षेत्र र खानेपानी ट्यांकी निर्माणका लागि खनिएको खाली जग्गा क्षेत्रमा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपणका लागि धरान–८ निवासी दिपेस राईले १ सय विभिन्न फलफूलका बिरुवा निःशुल्क प्रदान गरेर सहयोग गरेका थिए । वृक्षारोपणमा सहभागीहरुले पनि स्वतःस्फूर्त आफैँ बिरुवा बोकेर वृक्षारोपणमा सहभागी भएका थिए ।

करिब २ सय जना सहभागी रहेको वृक्षारोपणमा आँप, लिची, कटहर, पानी अमलालगायतका विभिन्न प्रकारका फलफूलका बिरुवा रोपिएको बताइएको छ ।

उपमहानगर प्रमुख साम्पाङको अभियान हरेक हप्ता वृक्षारोपण भन्ने नारा अनुसार आज साप्ताहिकरुपमा सो क्षेत्रमा बिरुवा रोपिएको हो ।

हरेक साता वृक्षारोपण, लागुऔषधको विरुद्धमा खबदारी, सफा धरान अभियान र खानेपानी समस्या समाधानलगायतको अभियान लिएर धरानका प्रमुख साम्पाङ सक्रिय रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...