गाडी बेचेर रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा

935

धरान, २४ असार । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।

मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् जनाएका हुन् ।

मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उनी सरकारी गाडी चढ्दैनन् ।

गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ । उनले फेसबुकमा लेखेका छन्, “मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।”

Share This:
सम्बन्धित खबर
Loading...