भारतीय दूतावासभित्र सुरक्षाकर्मीले आफैँलाई गोली हानी गरे आत्महत्या

73

काठमाडौँ, २० असार । काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासभित्र एक जना सुरक्षाकर्मीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।

दूतावास स्रोतका अनुसार ३२ वर्षीय दीपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसरभित्र आत्महत्या गरेका हुन् ।

उनले आफूले बोकेको इन्सास राइफलले आफैँलाई गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । स्रोतका अनुसार उनको शव अहिले पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...