काठमाडाैँ, २० असार । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी जुवाइँसमेत अटाउन सफल भएका छन् ।
आइतबारदेखि काठमाडौँमा सुरु भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रीय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र जुवाइँ जीवन आचार्य अटाउन सफल भएका हुन् ।
सूचीको ३१३औँ नम्बरमा गंगा दाहाल र ३१८औँ नम्बरमा जुवाइँ आचार्य उल्लेख गरेर थप केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ । प्रचण्डका भाइ नारायण दाहाल, छोरी रेणु दाहाल र सम्धी चुणामणी खडका यसअघि नै केन्द्रीय समितिमा अटाएका थिए ।