‘जीवनको पाना’को फिमेल भर्सन सार्वजनिक [भिडिओ]

172

काठमाडाैँ, २० असार । गीत ‘जीवनको पाना’ को फिमेल भर्सन सार्वजनिक भएको छ । गोल्डेन क्रिएसन युट्युब च्यालनमार्फत् गीतको भिडियो सार्वजनिक गरएको हो ।

गायिका बेनिशा पौडेलको स्वर रहेको गीतमा बमकुमार श्रेष्ठको शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको छ । यस गीतको मेल भर्सनमा कलाकार मदनकृष्ण श्रेष्ठको स्वर थियो ।

एकोस्टिक नेपालमा रेकर्डिङ गरिएको गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका छन् भने प्रकाश मिश्रले मिक्सिङ तथा मास्टरिङको काम गरेका छन् ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियोमा गायिका पौडेलसँगै राजेन्द्रप्रसाद वाग्लेलाई फिचरिङ गरिएको छ । साथै, बालकलाकारको रुपमा विभूती शर्माले अभिनय गरेकी छन् । भिडियोमा वाग्ले बाबुको भूमिकामा देखिएका छन् । यसअघि पनि उनले ‘यो दुनियाँ’, ‘वर्षौँको हाम्रो साथ’लगायतका म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

जीवनको पानाको मेल भर्सनको भिडियोमा भने अभिनेता सरोज खनाल, मदनकृष्ण श्रेष्ठ, लक्षण अधिकारी, राजेन्द्र कट्टेललगायतको अभिनय छ ।

Share This:
सम्बन्धित खबर
Loading...