केएमसी स्कुलमा मृत फेला परेकी रमाको शव उठाउने सहमति

139

काठमाडौँ, २० असार । काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुलको गर्ल्स होस्टेलकी कर्मचारी मृत भेटिएको प्रकरणमा पीडित पक्ष र स्कुल प्रशासनबीच सहमति भएको छ ।

होस्टलकी कर्मचारी रमा रायमाझी शनिबार राति ८ बजे झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । त्यसपछि उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन मानेका थिएनन् ।

आइतबार स्कुल प्रशासनले ८ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति गरेपछि पीडित पक्ष शव उठाउन सहमत भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले बताए ।

काभ्रेको तिमालकी २१ वर्षीया रायमाझी शनिबार साँझ होस्टलको भुईँ तलामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । मृतकका परिवारले रायमाझीको हत्या भएको भन्दै प्रदर्शन गरेका थिए ।

रायमाझी डेढ वर्षयता उक्त होस्टेलको क्यान्टिनमा काम गर्दै आएकी थिइन् । उनी होस्टलबाट दुई सय मिटर परको घरमा कोठा लिएर बस्दै आएकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...