कपिल शर्माविरुद्ध अमेरिकी कोर्टमा उजुरी

155

मुम्बइ । भारतीय टेलिभिजनका सफल कमेडियन कपिल शर्माविरुद्ध न्युयोर्क कोर्टमा उजुरी परेको छ । कपिल हाल आफ्नो टिमका साथ क्यानडा टुरमा छन् । यही टुरका दौरान उनीमाथि उजुरी परेको हो ।

कपिलमाथि सम्झौता पूरा नगरेको आरोप लागेको छ । यद्यपि यो मामला अहिलेको नभइ सन् २०१५ को हो । साइ युएसए इन्कले कपिलविरुद्ध उजुरी दर्ता गराएको हो । सन् २०१५ मा कपिलले नर्थ अमेरिकामा केही शोका लागि सम्झौता गरेका थिए । जुन सम्झौताअनुसार उनले कार्यान्वयन गरेनन् ।

अमेरिकाका लोकप्रिय शो प्रोमोटर अमित जेटलीले कपिलले उक्त समयमा ६ वटा शो गर्नका लागि सम्झौता गरेका थिए । जसका लागि कपिलले भुक्तानी पनि लिएका थिए । ‘तर न उनले कुनै प्रस्तुती दिए, न त कुनै कुराको उत्तर नै दिए । अदालत जानुअघि मैले उनलाई कैयौँपटक कुरा गर्ने प्रयास गरे, तर त्यो सम्भव देखिएन’, उनले भनेका छन् ।

जेटलीका अनुसार अहिले पनि यो मामला न्युयोर्क अदालतमा छ । उनले कपिलविरुद्ध कानुनी कारबाही गराएर छाड्ने अडान लिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...