बस दुर्घटना हुँदा एकको मृत्यु, ३८ जना घाइते

99

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ अपांग बाल अस्पतालको कर्मचारी चढेको बस दुर्घटना हुँदा एकको जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।

कार्यालयबाट घरतर्फ फर्केने क्रममा बा१क ५७४७ नम्बरको बस अस्पताल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए ।

उनका अनुसार दुर्घटनामा परी एक महिलाको निधन भएको छ । घाइतेमध्ये केहीलाई शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल धुलिखेल, भोमी अस्पताल बनेपा जनागाल र सामान्य घाइतेको अपांग बाल अस्पतालमा नै उपचार भइरहेको छ ।

घाइतेको थप विवरण आउन बाँकी रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...