कसरी लाग्छ हैजा ? यी हुन् लक्षण र रोकथामका उपाय

266

काठमााडौँ, १६ असार । हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरु भेटिने गरेका छन् । यसवर्ष काठमाडौँमै संक्रमितहरु भेटिएका छन् । उपत्यकाका १० स्थानमा हैजाका १४ जना बिरामी भेटिएका छन् । डिल्लीबजार, सानेपा, बालाजु, कपन, कोटेश्वरलगायतका स्थानमा हैजा पुष्टि भएको छ । विशेष सावधानी नअपनाए स्थिति भयावह हुनसक्ने चेतावनीसमेत विज्ञहरुले दिएका छन् ।

हैजा के हो, कसरी लाग्छ ?

यो गम्भीर प्रकृतिको झाडापखाला हो । यो भिब्रियो कलेरा नामक जीवाणुका कारण लग्छ । हैजा लागेमा निरन्तर पातलो चौलानीजस्तो दिसा लाग्छ । जसकाराण शरीरमा सोडियम, क्लोराइड (इलेक्ट्रोलाइट्स)जस्ता तत्वहरुको अभाव हुन्छ । समयमै उपचार नभएमा बिरामीको ज्यानै पनि जान सक्छ ।

यसमा पेट दुख्ने र ज्वरो आउनेजस्ता लक्षणहरु देखिँदैन । हैजा लागेका प्रत्येक १० व्यक्तिमध्ये १ जनामा गम्भीर प्रकृतिको लक्षण देखिने गर्दछ । लक्षण बिनै संक्रमण भएको व्यक्तिमा दिसामार्फत् निरन्तर जीवाणु बाहिर निस्कन्छ ।

लक्षणहरु
संक्रमण भएको केही घन्टादेखिन पाँच दिनभित्र यसका लक्षणहरु देखिन्छन् ।

  • निरन्तर अधिक पातलो दिसा लाग्नु
  • पटकपटक वान्ता आउनु
  • पेट वा खुट्टाको मांशपेशी बाउडिनु
  • आँखा गढ्नु, छाला चाउरी पर्नु
  • धेरै तिर्खा र थकान लाग्नु
  • धेरै कमजोरीका कारण बेहोस हुनु

रोकथामका उपायहरु

  • सरसफाइमा ध्यान दिने
  • संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा सावधानी अपनाउने
  • फोहोरमैलाको व्यवस्थापनमा ध्यान दिने
  • खाना खानुअघि र शौचालयको प्रयोगपछि साबुन पानीले हात धुने
  • सकेसम्म उमालेको पानी पिउने
  • फलफूल तथा तरकारीको प्रयोग गर्नुअघि सफा पानीले पखाल्ने
  • पानीको मुहान सफा राख्ने
  • शौचालयमा मात्र दिसापिसाब गर्ने

उपचार

  • पुर्नजलीय झोलको सेवन गर्ने
  • चिकित्सकको परामर्श लिने

हैजा फैलिएको स्थानमा जो कोहीमा संक्रमणको जोखिम उच्च हुन्छ । यस्तो अवस्थामा समुदायस्तरमै हैजाविरुद्धको खोप दिएर स्थितिलाई नियन्त्रण गर्न सकिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...