निलम्बनमा परे डाक्टर कुट्ने ट्राफिक प्रहरी

132

काठमाडौँ, १५ असार । ललितपुरको एकान्तकुनाम बाटोमा हिँडिरहेका डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् ।

ट्राफिक प्रहरी जवान राजेन्द्र थापालाई मंगलबार निलम्बन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) शिद्धिविक्रम शाहले जानकारी दिए ।

पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङलाई ती ट्राफिक प्रहरीले निर्घात कुटपिट गरेका थिए । आइतबार बेलुकी ललितपुरको कुसुन्तीमा ड्युटीमा खटिएका ट्राफिकले चिकित्सकमाथि कुटपिट गरेको पीडितका आफन्तले बताएका छन् ।

फुटपाथबाट पैदलयात्रा गरिरहेको अवस्थामा कुटपित भएको भन्दै डा.घिसिङले आफ्नो उपचार खर्चको व्यवस्था मिलाउन माग गरेका छन् ।

कुटपिटबाट घाइते भएका डाक्टरको उपचारका लागि अल्का अस्पताल लगिएको थियो । यो घटना बाहिर आएपछि परिसरले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको थियो । उनलाई सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना तानिएको थियो ।

उनीसँगै सो समयमा चेकिङमा बसेका असईसहित पाँच जनालाई बग्गीखाना तानेको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

याे पनि हेर्नुस्

लिलितपुरमा ट्राफिक प्रहरीको कुटाइबाट बाटो हिँडिरहेका डाक्टरको नाक भाँचियो

Share This:
सम्बन्धित खबर
Loading...