उपराष्ट्रपति पुन स्वास्थ्य जाँचका लागि नर्भिक अस्पतालमा

73

काठमाडौँ, १० असार । उपराष्ट्रपति नन्दबहादुर पुन शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल पुगेका छन् । उपराष्ट्रपति पुन दाहिने साइडको पाता दुख्ने समस्या भएपछि उनी नर्भिक इन्टरनेसनल अस्पताल पुगेका हुन् ।

उनले अस्पताल पुगेर नियमित स्वास्थ्य जाँच गराएका थिए । उपराष्ट्रपति पुनलाई डा.लक्ष्मण रिजाल र डा.शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख भएअनुसार अस्पतालमा उनको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटी लगायतका परीक्षण गरिएको थियो । सो क्रममा उनको स्वास्थ्यमा खासै समस्या नदेखिएको चिकित्सहरुले बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...