कास्कीमा बिहानै भूकम्पको धक्का महसुस
काठमाडौँ, ९ असार । कास्कीमा बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ३ः५६ बजे धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
कास्की र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण उपलब्ध नभएको प्रहरीले जनाएको छ ।