महोत्तरीमा सुनसहित एक जना पक्राउ

66

महोत्तरी, ७ असार । महोत्तरीमा ११६.५० ग्राम बिस्कुट आकारको सुन बोकेर हिँडिरहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्सीबाट गौशालातर्फ आउँदै गरेका एकडारा गाउँपालिका–५ का सुशील साह पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

सम्सी हुँदै गौशालातर्फ पैदल आउँदै गरेका साहले बोकेको सुनको विषयमा थप खुल्न सकेको छैन । साहले उक्त सुन कसरी र कहाँबाट ल्याएका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...