मानसिकरूपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन सक्दैन : मन्त्री पौडेल

72

भक्तपुर, ६ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिकरुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने बताएका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । ‘मानसिकरुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन सक्दैन, उनले भने, ‘प्रकृतिको नाशा साधन गर्न सक्दैनौं त्यसैले योग महत्वपूर्ण हो ।’

प्रकृतिले उपहारस्वरुप मानव जीवन दिएको बताउँदै प्राप्तिका लागि तछाड माछाड गरी हिँडिरहेको बताए । उनले प्रकृतिमा बाँच्नका निम्ति वनस्पति र प्रणालीलाई आफ्नै प्रकारका आवश्यक तत्वहरु उपलब्ध गराएको बताउँदै प्रकृतिसँग रमाउन सक्नु पर्नेमा जोड दिए ।

‘योग भन्ने बित्तिकै धर्मसँग जोडेर हेर्ने पश्चिमा संस्कृतिसँगको प्रचलन थियो । आज परिस्थति बद्लिएको छ । योग भनेको मानव जीवनसँगै लगेर जाने हो’ उनले भने ।

‘पूर्वीय दर्शनमा सत्यम्, शिवम् सुन्दरम् भनेर पढ्छौँ । आज भोलिको भौतिक जीवनमा समृद्धिको कुरा छ’ उनले भने, ‘आत्म समृद्धि प्राप्ति नहुँदासम्म भौतिक जीवनमा सत्यम्, शिवम् र सुन्दरम् फल्न, फक्रन सक्दैन ।’

मन, वचन र कर्ममा आनुभूति प्रकृतिले दिएको उपहारलाई ठिक तरिकाले ग्रहण गर्नका निम्ति शरीरलाई स्वस्थ राख्नुपर्ने उनले बताए । ‘शरीरलाई स्वस्थ राखियो भने काम गर्ने तरिका र सोच्न सक्नेमा जीवनलाई ठिक तरिकाले प्रयोग गर्न सक्छौ,’ उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...