पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारणबारे सदनमा जबाफ दिन सरकारलाई निर्देशन

85

काठमाडौँ, ६ असार । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सरकारलाई रुलिङ गरेका छन् । सभामुख सापकोटाले पेट्रोलियम पदार्थमा मूल्य बढाइनुको कारणसहित जबाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमले)को आग्रहपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको सुरुवातमै एमाले सांसद् पद्‍मा अर्यालले मूल्यवृद्धिबारे सदन र जनतालाई सम्बन्धित मन्त्रीले जबाफ दिनुपर्ने र यसका लागि रुलिङ जारी गर्न सभामुख सापकोटासँग माग गरेकी थिइन् ।

सरकारले जनतामाथि अत्यचार गरेको भन्दै उनले रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताइन् । तत् पश्चात सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन् ।

सरकारले गएरातिदेखि लागु हुनेगरी पेट्रोलमा २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १९९ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैँया पुगेको छ ।

नयाँ मूल्यमा बेच्दा पनि १५ दिनमा २ अर्ब ३५ करोडभन्दा धेरै घाटा हुने नेपाल आयल निगमले बताएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...