‘मेरो बोली सुन्दा’को फिमेल भर्सन सार्वजनिक [भिडिओ]

142
काठमाडौँ, ५ असार । ‘मेरो बोली सुन्दा’ फिमेल भर्सनमा सार्वजनिक भएको छ।  १ दशकअघि  अगाडि सार्वजनिक यो  गीत मेल भर्सनमा  निकै लोकप्रिय भएको थियो ।  
मुनाल शिशिर कोइरालाको शब्द तथा  नरहरि प्रेमीको संगीत रहेको यस गीतमा  गायिका सुजाता केसीले स्‍वर दिएकी छन् । गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन् ।

 

म्युजिक भिडिओमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्की फिचर्ड छन् ।  सुजन श्रेष्ठले छायाँकन गरेको भिडिओलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडिओ तयार पारिएको हो ।

भिडियो गायिका केसीको आधिकारिक च्यानल ‘सुजाता केसी’मार्फत् सार्वजनिक भएको हो ।  यसअघि गायिका केसीको स्वरमा समावेश ‘बतास बनी’, ‘जाल बुन्यो माकुराले’, ‘कुरा सिधा छ’ लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...