राज्यमन्त्री वलीमाथि जाँचबुझ गर्न ३ सदस्यीय कार्यदल गठन

67

काठमाडौँ, १ असार । लुम्बिनी प्रदेशसभा सदस्य एवं राज्यमन्त्री विमलाकुमारी वलीमाथि छानबिन गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ ।

जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानुन मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।

राज्यमन्त्री वलीले मंगलबार लुम्बिनी प्रदेशकै एक महिला र बालिकामाथि कुटपिट गरेको आरोप छ । उनले ती महिलाको घरमा गएर तोडफोडसमेत गरेको आरोप छ ।

उनीविरुद्ध किटानी जाहेरी परे पनि प्रहरीले दर्ता भने गरेको छैन । यही घटनाबारे सत्य तथ्य बुझ्नका कार्यदल बनाएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...