नेकपाद्वारा एमसीसी कार्यालय अगाडि प्रदर्शन

130

काठमाडाैँ, ३० जेठ । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीएको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

एमसीसी राष्ट्रघाती भएको भन्दै नेकपाले शान्तिबाटिकाबाट जुलुससहित कमलादी पुगेर एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिँदैन, गो ब्याक एमसीसीलगायतका नारा लगाएका थिए । प्रदर्शनमा नेकपाका केन्द्रीय सदस्य माइला लामाले नेपालमा एमसीसी अघि बढेपछि अमेरिकाको हस्तक्षेप बढेको आरोप लगाए ।

उनले विभिन्न बहानामा अहिले पनि सरकारले अमेरिकासँग सैन्यसम्बन्धी सम्झौता गर्न लागेको आशंका व्यक्त गरे ।

नेकपाले अमेरिकी हस्तक्षेप स्वीकार्य नहुने भन्दै नेपाललाई युक्रेन बन्न नदिने जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...