कृषकलाई छिटो मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ

84

काठमाडौँ, २९ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले यथाशिघ्र कृषकहरुलाई मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीपातीका समयमा यथाशिघ्र कृषकहरुलाई मल उपलब्ध हुनसक्नेगरी व्यवस्थापन गर्न, सम्बन्धित मन्त्री एवं नेपाल सरकारलाई निर्देशन दिएका हुन् । खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको उनले बताए ।

त्सअघि बैठकको शून्य समयमा बोल्ने सांसद्हरुले खेतिको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन ध्यानाकर्षण गरेका थिए । सांसद लक्ष्मी परियारले नीति तथा कार्यक्रममा किसान केन्द्रित निकै राम्रा कार्यक्रम आएपनि मल नपाउनु दुःखद् भएको बताए ।

त्यस्तै सांसद् बिनादेवी बुढाथोकीले मल समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको बताइन् ।

अन्य सांसदहरुले हरेक वर्ष हुने मल अभावको समस्या दीर्घकालिन रुपमा नै समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...