काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गरेका हुन् ।
दुई जनाबीचको भेट काठमाडौँको फोहर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो ।
प्रधानमन्त्री देउवाले मेयर साहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए ।
स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने बताउँदै देउवाले विभागीय मन्त्रीलाई निर्देशन दिने बताए ।