पदोन्नति भएका उपरथीत्रयलाई दर्ज्यानी चिह्न प्रदान

88

काठमाडौँ, २६ जेठ । नेपाली सेनाको सहायक रथीबाट उपरथीमा पदोन्नति भएका दीपककुमार बानिया, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयानुसार बढुवा भएका उनीहरुलाई सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक समारोहबीच प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

पदोन्नति भएसँगै बानिया नेपाली सैनिक वार कलेजको शिक्षाध्यक्ष, दवाडी निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र ढकाल श्रीयुद्ध–मद्धती तथा युद्ध–सेवा मद्धती विभागका विभागीय प्रमुखमा नियुक्ति भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को सोही निर्णयबमोजिम महासेनानीबाट सहायक रथीमा पदोन्नति भएका दुई सैनिक अधिकृतलाईसमेत सोही क्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...